बाढीले गेर्खु पुल बगायो , पासाङल्हामु राजमार्ग ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाढीले गेर्खु पुल बगायो , पासाङल्हामु राजमार्ग ठप्प

gerkhu bridge

नुवाकोट, ३ भदौ । गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट रसुवा आवतजावत गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका १ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ । प्रहरीका अनुसार गल्छी ,त्रिशूली, मैलुङ, स्याफ्रुबेंसी,रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);