पुल भासिएपछि नुवाकोट रसुवाको यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुल भासिएपछि नुवाकोट रसुवाको यातायात ठप्प

नुवाकोट । बुधवार परेको भिषण वर्षाको कारण पासाङ ल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मैथलि ब्यारेकमा पुल भासिएको छ ।

पुल भासिएसँगै नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । पुल भासिएसँगै यातायात ठप्प हुँदा सर्वसाधारण यात्रुहरु पैदलयात्रा गरेर गन्तव्य स्थानतिर हिँडेका छन् ।

पुल भासिएर यातायात ठप्प हुँदा जिल्लाको सदरमुकाम अस्तव्यस्त बनेको छ भने सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

अवरुद्ध भएको सडक खुलाउन पहल शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनले जिल्लाका सरोकारवाला निकायलाई खबर गरि तुरुन्त अवरुद्ध सडक संचालनको व्यवस्था गर्न निर्देशन दिएका छन् । जिसस प्रमुख तामाङले पुल भासिएकोले डाइभर्सन मार्फत सडक खुलाउन जिल्लाका सबै सरोकारवाला निकाय लागेको बताए ।

यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल केही वेरमै सडक सुचारुको लागि स्काभेटर परिचालन गरिने बताए ।

यसअघि सोही पुल गतवर्ष पनि वर्षाको कारण भासिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);