पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको घोडाहा खोलाको पक्की पुल भासिदा यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको घोडाहा खोलाको पक्की पुल भासिदा यातायात ठप्प

रुपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।

लगातारको वर्षाका कारण देवदह– ७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो ।

पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।

वर्षाका कारण लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा डुवानमा परेका छन् भने सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

त्यसैगरी बिहीबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड समेत अवरुद्ध भएको छ । यता नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका–१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ , भने पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चितवनको भरतपुर नगरपालिका २९ को सेतिदोभान भन्ने स्थानमा ठूलो पहिरो खसेसँगै दुईतर्फि सडक अवरुद्ध भएको छ । पहिरो पन्छ्याउन समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यसैगरी पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध बनेको छ ।

मेलम्ची नगरपालिका–१३, फटकशिलास्थित ठाडो पहिरोमा पहिरो खसिरहेकाले मेलम्ची–जिरोकिलो सडक खण्ड अबरुद्ध बनेको हो । निरन्तर पहिरो खसेकाले बिहान ६ बजेदेखि नै अवरुद्ध सडक तत्काल खुलाउन सकिने अवस्था नरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);