बाजुराको विभिन्न सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुराको विभिन्न सडकखण्ड अवरुद्ध

मदन विश्वकर्मा

बाजुरा, १९ असार । अविरल बर्षासँगै झरेको पहिरोले बाजुराको विभिन्न सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुको बिचल्ली भएको छ ।

लगातारको अविरल बर्षाका कारण बाजुराका विभिन्न सडकखण्ड अवरुद्ध भएको छ । पहिरोको कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडकखण्ड अन्तर्गत गुइगाड खोलादेखि मार्तडीसम्मको २७ किलोमिटर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारी साधन चलेका छैनन् । पहिरोका कारण जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

गुइगाड खोलामा पक्की पुल बनाउन थालेको ८ बर्ष बित्यो । तर पुल नबनेपछि उक्त खोलामा पानीको बहाव बढेकाले सवारी साधन चल्न नसकेको हो । जिल्ला दैविक प्रकोप उद्धार समितिले भने अवरुद्ध भएको सडक खुलाउने विषयमा पहल भइरहेको बताएको छ ।

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर काठमाडौं लगायतका लामा तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्। गन्तव्यमा हिडेका यात्रु अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);