साँफेबगरदेखि बाजुरा सदरमुकाम जोड्ने सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साँफेबगरदेखि बाजुरा सदरमुकाम जोड्ने सडकखण्ड अवरुद्ध

pahiro

मदन विश्वकर्मा, बाजुरा

बाजुरा, २१ साउन । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने ५७ किलोमिटर सडकखण्ड पहिरोको कारण अवरुद्ध बनेको छ । सदरमुकाम आसपासका गाउँहरु समेत पहिरोको उच्च जोखिममा छन् ।

यस सडकखण्डको ठाउँठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । अछामको बुढाबगर, बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगायतका ठाउँमा पहिरो झर्ने गरेको छ । बुढिगंगा नदीले सडक भएकै ठाउँ कटान गरेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

पहिरोका कारण सदरमुकाम आसपासका गाउँहरु र बाजुराका सरकारी कार्यालयहरु जोखिममा परेका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पनि पन्छाउन सरोकारवालाले चाँसो नदिएको स्थानीयले गुनासो गरेका छन् । पहिरोले खेतीयोग्य जमिनमा क्षति पुग्नुकासाथै बाली समेत नष्ट गरेको छ ।

सडक अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । सवारी साधन नचल्दा उपभोग्य बस्तुको मूल्य बढेको भन्दै तत्काल सडकको स्तारोन्नति गर्न स्थानीयले माग गरेका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);