साँफे–मार्तडी सडक चार महिनापछि गुड्याे गाडी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

साँफे–मार्तडी सडक चार महिनापछि गुड्याे गाडी

अछाम । अछामको साँफेबगर र बाजुराको मार्तडी जोड्ने सडकखण्ड चार महिनापछि मर्मत भएको छ । अविरल वर्षासँगै गएको पहिरोले गत ३१ जेठदेखि बन्द रहेको सडक चार महिनापछि खुलेको हो ।

निरन्तर वर्षा भइरहेकोले सो सडकमा डोजर र एक्स्काभेटर चलाउन नमिल्ने भएकाले सो सडक सुचारु गर्न अझै मुस्किल भएको सडक डिभिजन कार्यालय अछामले बताउँदै आएको थियो । सडक अवरुद्ध भएसँगै बाजुराका नागरिकको जीवन कष्टकर बनेको थियो ।

जिल्लाको मुख्य लाइफलाइन साँफे–मार्तडी सडक, मार्तडी कोल्टी लगायत सबै स्थानीय सडक अवरोध भएकापछि  भौगोलिक रूपले विकट बाजुरामा कोरोना विरुद्धको खोप ढुवानी गर्ने धेरै समस्या खेप्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तको भनाइ छ । 

सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीय बासिन्दालाई सहज भएको छ । 

साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडी सम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो ।  मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भइसकेको र ठूला बस पनि गुडाउन मिल्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय अछामका प्रमुख इन्जिनियर दमनबहादुर विष्टले बताए । 

सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);