१३ जना यात्रु बोकेको जीप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ जना यात्रु बोकेको जीप दुर्घटना

मदन वि.क.
बाजुरा १२ चैत्र
बाजुराको तिपाडा वसपार्कबाट १३ जना यात्री बोकेर सदरमुकाम मार्तडी तर्फ आउँदै गरेको से.१ जं ४२९ नम्बरको जीप शनिवार १० वजे दुर्घटना भएको छ । जीप साँफे मार्तडी सडक खण्ड अन्तगरगतको सुवाकाँधमा दुर्घटना भएको हो । जीपमा रहेका १३ जना मध्ये १ महिलालाई सामान्य चोट लागेको जीपमा सवार अन्य कोहीपनि घाईते नभएको

१३ जना यात्रु बोकेको जीप दुर्घटना

 

 

मदन वि.क. बाजुरा १२ चैत्र बाजुराको तिपाडा वसपार्कबाट १३ जना यात्री बोकेर सदरमुकाम मार्तडी तर्फ आउँदै गरेको से.१ जं ४२९ नम्बरको जीप शनिवार १० वजे दुर्घटना भएको छ । जीप साँफे मार्तडी सडक खण्ड अन्तगरगतको सुवाकाँधमा दुर्घटना भएको हो । जीपमा रहेका १३ जना मध्ये १ महिलालाई सामान्य चोट लागेको जीपमा सवार अन्य कोहीपनि घाईते नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते महिलालाई जिल्ला प्रहरीको जीपले जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि पुर्याएको बताईएको छ ।

 

जिप सुवाकाँधको ओरालो सडकमा रहेको मोडबाट घुमेर तल झर्ने क्रममा जीपमा वेक्र नभएका कारण सडकमै पल्टि दुर्घटना भएको छ । साँफे मार्तडी सडकखण्ड अन्तरगतको तिपाडा माथिको १२ किलोमिटर सडक कच्ची र हिलाम्मे र साँघुरो सडक भएकोले एक महिना अघि गत फागुन ९ गते से.१ ज ५७० नम्वरको जीप सदरमुकाम मार्तडी नजिकैको मोडमा दुर्घटना भई सडकमै पल्टिएको थियो । सो जिपमा यात्री कोहीपनि नहँुदा जीपमा रहेका चालक सामान्य घाईते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);