बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ५ घाइते

accident

बझाङ, २ असार । बझाङको मष्टा गाउँपालिकाको कोटदेवलमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

सदरमुकाम चैनपुरबाट मष्टातर्फ जाँदै गरेको स१ज १०७२ नम्बरको उक्त जिप सोमवार अपरान्ह दुर्घटना भएको हो । जीप सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । जीप अप्ठेरो स्थानमा खसेकाले उद्धारमा कठिनाई भएको जनाइएको छ । जीपमा १४ जना सवार रहेका थिए ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भयाे भन्ने पनि खुलेकाे छैन । उद्धारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय खटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);