नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्राईएकोमा स्थानीयको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्राईएकोमा स्थानीयको विरोध

मोहम्मद ईजहार शेष चैत्र १२ , परासी ।
स्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ ।

नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्राईएकोमा स्थानीयको विरोध

मोहम्मद ईजहार शेष चैत्र १२ , परासी ।
स्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ । अहिले परासी क्षेत्रका साबिकका ६ गाविसलाई डाँडापारी नवलपुर प्रदेश नम्बर ४ मा गाभिएको प्रति उक्त गाविसका जनताहरुले पुनरसंरचनाको बिरोध गर्दै सर्वपक्षिय संघर्षनै सुरु भएको छ ।

 

परासी क्षेत्र अन्तर्गत पर्ने नवलपरासीको क्षेत्र नम्बर ६ का त्रिवेणि सुस्ता, रुपौलीया , पक्लीहंवा , कुडिया र नर्सहीं जिल्लको नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा राखिएको छ । पुनरंचना पुर्व जिल्लावाट सर्वदलिय बैठकवाट नवलपरासी जिल्ललाई टुक्र्याउनै नहुने र टुक्र्याउनेपनि उक्त ५ वटा गाविसहरुलाई परासी क्षेत्रमा राख्दै प्रदेश नम्बर ५ राख्नु पर्ने निर्णय गरि पुर्नसंरचना आयोगमा पठाएको थियो ।

 नियोजित तरिकाले ५ वटा गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखेर पुर्नसंरचना भएपछि जिल्लाका नेता तथा जनताहरु आक्रोषित भएका छन् भने आज तमलोपाका बरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री हृदेष तिपाठिको नेतृत्वमा उक्त निर्णयको बिरोध भएको छ  । नर्सहिं गाविसका स्थानीय युवा लख्खु यादवले आफुहरुलाई प्रदेश नम्बर ४ मा कुनै कारणपनि उपयुक्त नभएको भन्दै प्रदेश नम्बर ५ मा राख्न मांग गर्नुभयो ।

बिरोध कार्यक्रममा बोल्दै नेता त्रिपाठिले कुनैपनि कोणले यि गाविसहरुलाई प्रदेश नम्बर ४ मा राख्न उचित नभएको बताउदै ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहाका जनताले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उक्त गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखिएपछि त्रिवेणि सुस्ता गाँउपालिकामा पर्ने ति साबिकका गाविसहरुमा आसन्न निर्वाचनको कुनै तयारी भएको छैन । ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहा चुनाव हुन नदिने त्यँहाका सर्वसाधरणले समेत बताउदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);