काठमाडौँ ।
आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विज्ञागले जनाएकोछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमामा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । आज राति देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । कोशी, वागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक– दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।





