आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

आजको मौसम

काठमाडौँ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, वागमती, गण्डकी  र लुम्बिनी प्रदेशको तराई भू–भागको थोरै स्थानमा, सुदूरपश्चिम  प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भू–भाग तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको थोरै स्थानमा तथा सुदूरपश्चिम तराई भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

ताजा समाचार