आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

आजको मौसम

काठमाडौँ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा–हिमपातको सम्भावना छ । मधेस लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको केही स्थानमा, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशको हिमाली र पहाडी भू–भाग साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको सम्भावना छ । कोशी, वागमती र गण्डकी प्रदेशका तराई भू–भागमा एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको  वर्षाको सम्भावना छ ।

Leave a Reply