आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

आजको मौसम

काठमाडौँ । आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।  कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

Leave a Reply