डेढ महिनादेखि अबरुद्ध साँफे-मार्तडी सडक संचालनमा ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डेढ महिनादेखि अबरुद्ध साँफे-मार्तडी सडक संचालनमा ल्याउने तयारी

safe-martadi-sadak

मदन विक
बाजुरा, २४ भदौ । बाजुराको साँफे मार्तडी सडक खण्डमा ठाउँठाउँमा निरन्तर पहिरो गएपछि डेढ महिनादेखि अबरुद्ध भएको सडक मौसम सफा र पहिरो रोकिन थालेपछि सडक संचालनमा ल्याउने तयारी भएको छ ।

अविरल वर्षा संगै सडक माथिबाट खसेको पहिरोका कारण डेढ महिनादेखि अबरुद्ध सडक सरोकारवाला निकाय मौन, स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्य भन्ने समाचार माउन्टेन टेलिभिजनमा निरन्तर प्रशारण पछि सरोकारवाला निकायको सडक संचालनको तयारीमा जुटेका छन ।

वर्षाले भाषिएको सडक खोल्न सरोकारवाला निकायले चासो देखाएका छन् । अछामको साँफेबगर देखि सदरमुकाम मार्तडी जोड्ने बल्दे, हरडे खोला तिपाडा लगायतका ठाउँमा पहिरो गएर अबरुद्ध बनेको सडक संचालनका लागि अहिले प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायनै भत्किएको सडक स्थानमै पुगेर डोजर र सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनि लगाएतले कामदार लगाएर सडक खोल्ने क्रम सुरु भएको छ ।

सडक संचालनमा नआउदा स्थानिय बजारमा दैनिक उपभोग्य सामानको अभाव भएको छभने ब्यापारीहरुले स्टोरमा गरेको सामानको चर्को मूल्य लिन थालेका छन ।सडकका विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भईरहेको छ । अब एक हप्ता भित्र नियमित सडक संचालन हुने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनु भएको छ ।

असार देखि सुरु भएको वर्षाका कारण अवरुद्ध बाटो डेढ महिनासम्म लगाएर पनि खोल्न नसकिदा बजारमा महगी बढ्नुका साथै बजारमा दैनिक उपभोग्य बस्तु नपाउने गरेको स्थानियले बताएका छन् । अवरुद्ध भएको सडक संचालनमा आएपछि स्थानीयहरुलाई सदरमुकाम मार्तडीबाटै यात्रा गर्न सजिलो हुने छ ।

उता मार्तडी कोल्टी सडक पनि २ महिना देखि नै अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मार्तडी देखि कोल्टी सम्म चल्ने जीप तथा माल बहाक ट्याक्टर समेत चल्न सकेका छैनन् । वर्षा रोकिएपछि जिल्लाका अधिकांश स्थानिय तहहरुका ग्रामिण सडक पनी दशै अगावै संचालनमा ल्याउने स्थानिय तहका जनप्रतिनिधीहरुले बताएका छन ।

वर्षाका कारण अवरुद्ध भएका सडकहरु संचालनमा आउने भएपछि स्थानियमा खुसियाली छाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);