साँफे–मार्तडी सडक मर्मत गर्दै नेपाल प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साँफे–मार्तडी सडक मर्मत गर्दै नेपाल प्रहरी

bajura sadak

बाजुरा, २० मंसिर । वर्षातको समयमा बाढि पहिरोले अबरुद्ध बनाएको बाजुराको बार्जुगाड देखि सदरमुकाम मार्तडीसम्मको सडक नेपाल प्रहरीले मर्मत थालेको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत २८ किलोमिटर सडक बर्षात यता संचालनमा नआएपछि पुन संचालनका लागि नेपाल प्रहरीले मर्मत तथा सरसफाई थालेको हो ।

बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउस देखि कारागार डिलसम्मको सडकमा यस वर्षको वर्षातमा सडकलाई पूर्णरुपमा क्षति पुर्याएको थियो । वर्षातमा भत्किएको सडकलाई ठेकेदार कम्पनीले पूर्णरुपमा मर्मत नगरेपछि बाजुरा प्रहरीले आफै मर्मत गर्न सूरु गरेको हो ।

यता बार्जुगाड देखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिले अहिलेसम्म सडक मर्मतमा चासो दिएको छैन । पक्की सडक समेत वर्षातका समयमा पहिरोले भत्काएपछि क्षेत्रको सडक यात्रा असुरक्षित बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);