प्रदेश २ मा सवारी दुर्घटनाबाट ८ सय भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ मा सवारी दुर्घटनाबाट ८ सय भन्दा बढीको मृत्यु

durghatana bara

श्याम गुप्ता
बारा, २० मंसिर । प्रदेश नम्बर २ मा सडक दुर्घटनासंगै मानविय क्षति समेत बढेको छ । बर्षेनी दुर्घटना बढीरहँदा तराई केन्द्रीत सडकमा दुर्घटना बढ्नुको कारण खोज्नुका साथै सुरक्षित बनाउन आवश्यक देखिएको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लामा सवारी दुर्घटनाको संख्या निरन्तर बढिरहेको छ । प्रदेश नम्बर २ को प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षको तथ्याड्ढले मन नै श्रृङ्ग बनाउछ ।

आर्थिक बर्ष ०७२-७३ मा ९ सय ८४ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा परि ३ सय १४ जनाको मृत्यु भयो । ०७३-७४ मा १ हजार १ सय ९४ वटा सवारी दुर्घटनामा परी ४ सय ६ जनाले ज्यान गुमाए । आर्थिक वर्ष ०७४-०७५ मा एक हजार १ सय ५ वटा सवारी दुर्घटनामा परी ३ सय ९४ ले ज्यान गुमाउँन बाध्य भए ।

चालु आर्थिक वर्षको कात्र्तिक मसान्त सम्मको तथ्यांड्ढ अनुसार ११०५ वटा दुर्घटनाबाट ३९४ ले ज्यान गुमाईसकेका छन् , जस मध्ये यस आर्थिक वर्षमा २ सय ८९ जना पुरुष, ५६ जना महिला र ४९ जना बालबालिकाहरुले अकाल मै ज्यान गुमाइसकेका छन् ।

आर्थिक वर्ष    सवारी दुर्घटना    मृत्यु
२०७२-७३ ९८४ ३१४
२०७३-७४ ११९४ ४०६
२०७४-७५ ११०५ ३९४

 

बैशाख देखि मात्रै ११०५ सवारी दुर्घटना, ३९४ जनाको मृत्यु

८ जिल्ला मध्य सिराहा र रौतहटमा सवारी दुर्घटनाको संख्या बढि छ । पछिल्लो ४ महिनामा सिराहामा ४९ वटा सवारी दुर्घटनाबाट २३ जनाले ज्यान गुमाईसकेका छन् । त्यसैगरी ४ महिना भित्र रौतहटमा भएका ४५ वटा दुर्घटनाबाट १९ जनाको ज्यान गएका छन् ।

यस क्षेत्रको जिर्ण सडक र अत्याधिक सवारी चाप र चालकको लापर्बाहीका कारण सवारी दुर्घटना बढीरहेको ट्राफीक प्रहरीको अनुभव छ । यात्रुको हेलचक्र्याई र सडकमा छाडिएका छाडा चौपाया समेत दुर्घटाको कारक बनेका छन् ।

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा सचेतना कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);