काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाउनुभएको हो । सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उहाँले बताउनु भयो । उहाँले त्यसबाट आफू नडराउने बताउनु भयो । उहाँले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिनुभयो । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दे उहाँले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताउनु भयो । उहाँले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताउनु भयो । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उहाँको भनाई छ । उहाँले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भयो ।
उहाँले दोषीलाई कारबाही गर्ने कुरामा आफुहरु सरकारसंगै रहेपनि राजनितिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो । उहाँले सत्ता निकटलाई उन्मुक्ति दिने र अरुलाई मात्रै कारबाही गर्ने प्रवृत्ति मान्य नहुने उहाँको भनाई छ । राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा काँग्रेसले कुनै अवरोध नगर्ने बताउँदै उहाँले अनुसन्धान कानूनअनुसार हुनुपर्ने बताउनुभयो । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने बताउनु भयो ।
उहाँले काँग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने स्पष्ट पार्नुभयो । सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भुमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने उहाँको चेतावनी छ ।




