पहिरोका कारण बाजुराको बुढीगंगा नदी थुनिने खतरा बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिरोका कारण बाजुराको बुढीगंगा नदी थुनिने खतरा बढ्दै

मदन विक
बाजुरा, २७ असार । केही दिन यता सक्रिय भएको मनसुनका कारण देशभर अविरल वर्षा भईरहेको छ । अविरल वर्षाका कारण बाजुराको त्रिवेणी नगरपालिका ९ पैमाबाट खसेको पहिरोले बुढीगंगा नदीमा अवरोध खडा गरेको छ ।

पहिरो नदीमा परेपछि नदी थुनिने खतरा बढेको छ । नदी थुनिएमा बाजुराको ताप्रीसेरा, बाम्काबजार र अछामको बुढा बगर र साँफेवगरसम्म जोखिम बढेको छ । बुढीगंगा नदी थुनिएमा ती गाँउका स्थानीयहरु विस्थापित हुने अवस्था आउन सक्छ । लगातार पहिरो बढ्दै गएमा आफुहरु भाग्नु पर्ने अवस्था आउने स्थानीयहरुको भनाई छ ।

गएको बर्षदेखि नै उक्त स्थानमा पहिरो बग्न थालेको थियो । बुढीगंगा नदी थुनिने खतरा बढेसंगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुंगे पुल र साँफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेको छ ।

साँफे मार्तडी सडक खण्ड गएको बर्ष बर्षाको तीन महिना अबरोध भएको थियो । पहिराले नदी साँघुरो बनाउँदै गएको छ । अर्को भागमा नदीले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सडक बन्द हुन सक्ने खतरा बढेको छ । यसका लागि सडक डिभिजन कार्यालय अछामलाई जानकारी गराईसकेको सडकहरु अबरुद्ध भएको खण्डमा डिभिजन कार्यालय तैनाथ रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

नदी थुनिने खतरासंगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाउँ जोखिममा रहेका छन् । पहिरोसंगै जोडिएको गाउँ पैमा पनि जोखिममा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);