कमला नदीमा आएको बाढी बस्तीमा पस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कमला नदीमा आएको बाढी बस्तीमा पस्यो

kamala nadi badhi

सिरहा, २७ असार । बिहीबारदेखि परेको वर्षाले सिरहाको कमला नदीमा आएको बाढी बस्तीमा प्रवेश गरेको छ । कमला नदीको पूर्वी बाँधमा निर्माणाधीन एन्टी फ्लड स्वीलिसको काम पूरा हुन नसक्दा कमला नदी सिरहाको बस्तीमा प्रवेश गरेको हो । स्थानीय बासिन्दा, नेपाली सेना तथा सशस्त्र प्रहरीको प्रयासमा सिरहामा पसेको पानीलाई बाँध लगाइएको छ ।

अविरल वर्षाले कमलानदीको पानीको बहाव बढेपछि सिरहा नदीको बाढी बस्तीमा प्रवेश गरेको छ । कमला नदीको पूर्वी बाँधबाट पानी बस्तीमा प्रवेश गरेको हो । ठेकेदारले कमला नदीको पूर्वी बाँधमा निर्माण गरिरहेको ‘एन्टी फ्लड स्वीलिस’ को काम पूरा नगर्दा बाढी बस्ती प्रवेश गरेको स्थानीयहरुको आरोप छ ।

बाढी सिरहा नगरपालिका ६ बसपिट्टा प्रवेश गरेसँगै अहिले सुरक्षा निकाय, स्थानीयको पहलमा बाढी बस्तीमा प्रवेश रोक्ने काम भएको भएको छ । बाढी बस्ती प्रवेश गर्ने एन्टी फ्लड स्वीलिसलाई बालुवा, तारजाली, फलामे पाता लगाएर बन्द गरिएको छ ।

कमला नदी नियन्त्रण आयोजना जनकपुरले स्वीलिस निर्माणको ठेक्का कन्काई इन्टरनेशनल प्रालि झापालाई दिएको थियो । डेढ वर्ष पहिले म्याद सकिएपनि ठेकेदार कम्पनीले निर्माण कार्य पूरा नगर्दा बस्ती डुब्ने जोखिम आईपरेको हो । ठेक्काको समय गुज्रिएपनि निर्माण पूरा नहुँदा कमला नदीको बाढीले सिरहा नगरपालिका ६ बसपिट्टामा पानी प्रवेश गरेको छ । बिहान कमलाको पानी बस्ती हुलेपछि सुरक्षा निकायलाई खबर गरिएको स्थानीय अगुवा दिनेश यादवले बताउनु भयो ।

स्थानीयको खबरसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षाकर्मी घटनास्थल पुगेर बाढी बस्ती प्रवेश रोक्ने कार्यमा लागेका हुन् । सयममा सुरक्षा निकाय र स्थानीयले नियन्त्रणमा लिने प्रयास नगरेको भए रमौल, मानपुर, मल्हनीया गम्हरी, फुलबरीया, पटेर्वा जस्ता गाउँ जोखिममा पर्ने थियो । ठेकेदारको लापरबाहीले आफ्नो घरआँगनमा बाढी प्रवेश गरेको स्थानीयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);