महोत्तरीमा उर्लिदो बाढी, सुस्ताउँदो सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महोत्तरीमा उर्लिदो बाढी, सुस्ताउँदो सरकार

महोत्तरी । मनसुन सुरु भएसँगै  महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बीचमा रहेको महोत्तरीमा बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ ।विशेषगरी रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने उत्तरमा बर्दिबास नगरपालिकादेखि दक्षिणमा जलेश्वर नगरपालिकाका सर्वसाधारण त्राहीत्राहीमा रहने गर्छन ।

तर, सम्बन्धित निकायको बेवास्ताले बर्षायामसँगै थप त्रासमा बाच्नु परेको सर्वसाधारणहरूको गुनासो छ । रातु नदी उर्लिएपछि पशुपतिनगरका वीरमानलाई निन्द्रा नै लाग्दैन । ०५८ सालतिर आएको बाढीले यहाँका किसानहरूलाई बेघर बनाएको वीरमानलाई झल्झल्ती याद आइरहन्छ । ‘थोरै भए पनि अहिले तटबन्धन लगाएको छ उवेला यस्तो थिएन,’ उनले भने ।

रातु नदीले वर्षेनी क्षति गर्नुको एउटा प्रमुख कारण नदी उत्खनन् पनि हो । मनपरी उत्खनन् गर्दा खोलाको सतह निकै माथि वा तल पुग्ने गरेको छ । रातु नदी मात्र होइन मरहा र जंगाहा नदीमा उर्लिदो बाढीले वरपरका खेतीयोग्य जमिन कटान भइरहेको छ । अघिल्लो वर्ष मात्रै रातु नदीको वहाव कै कारण वल्वा नगरपालिका तिलगौढमा नौ सय घर डुबानमा परेका थिए भने कयाँै बिगाहा जमिन कटानमा परेको थियो ।

जलवायु परिवर्तनको समस्याले त्यतिकै समस्या भोगिरहेका सर्वसाधारणले वर्षादको समयमा झन् समस्या भोग्दै आएका छन् । महोत्तरीमा पर्ने रातु नदीको छेउछाउमा मात्र आधा दर्जन पालिका छन् । तर सबैभन्दा बढी प्रताडित बर्दिबास, औरही, वल्वा जस्ता पालिका जोखिममा रहेको विपद् व्यवस्थापन समितिले पहिचान गरेको छ ।

दुई दिन अघि मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने समस्यालाई पहिचान गरी प्रतिकार्यको लागि आपत्कालिन सामग्रीको भण्डारण थालेको छ । रातु, विग्ही, जंगहा र मरहा नदीको डुबान र कटानबाट क्षति हुन नदिन बन्चौरी, तिलगढ, रौजा बजार, परौल, गोनरपुरा, लेउरी, जलेश्वर–३, मलिवाडा, जुमनिया, हत्तीसर्वा, सिंग्याही, कविलासा, दोस्तिया, अलिपट्टी, बगडा, निगौल र सोनमा गाउँपालिका–१ का बस्ती र मटिहानी–९ को सिमरदही लगायत स्थानमा आपत्कालीन प्रतिकार्यको तयारी थालिएको हो  ।

तर, आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मट्टीहानी नगरपालिका बाहेक कुनै पनि पालिकाले तयारी थालेका छैनन् । ‘आपतकालीन प्रतिकार्यको लागि स्थानीय सरकारले कुनै तयारी नगर्नुले जोखिम अझ बढन सक्छ,’ बर्दिबासका मनोज खडकाले भने ।

बर्दिबासको उत्तरी क्षेत्रमा रहेका चुरे पहाडमा झन खतरा बढदै गएको भुगर्भविद्हरू बताउँछन् । यसअघि पनि खयरमाराको भित्री बस्तीमा सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेको थियो ।वर्षायाममा उक्त खुकुलो पहाडलाई वरपर फैलिएको पानीको वहावले कमजोर वनाउँदै लैजाने भएकाले पहाड नै भाँसिएर समथर बन्न सक्ने भुगर्वविद् प्रकाश घिमिरे बताउँछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);