तीनवटा प्रदेश बाढीपहिरोको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीनवटा प्रदेश बाढीपहिरोको चपेटामा

badi1

काठमाडौं, २८ असार । बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ।

प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्। प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए। उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ।

झापाका नदीहरूमा पानीको बहाव बढेको छ। कन्काईमा बहाव सतर्कता तहनजिक छ। कन्काईको मैनाचुलीबाट भाकुरमारीसम्मका १ हजार ८ सय ५६ परिवार उच्च जोखिममा छन्। मेची नदीको बहाव बढेकाले भद्रपुर–३ को सन्थाल बस्ती डुबानमा परेको छ। बिर्तामोडमा अदुवा खोलामा बहाव बढेको छ।

तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ। सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पु¥याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);