भक्तपुरमा हनुमन्तेको त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा हनुमन्तेको त्रास

hanumante khola

भक्तपुर, २८ असार ।  निरन्तरको अविरल वर्षासँगै भक्तपुरबासीमा त्रास छाएको छ । विशेषगरी हनुमन्ते खोला वरपरका बासिन्दामा डुबानको चिन्ता छाएको हो । प्रत्येक वर्षायाममा हनुमन्ते वरपरका सयौं घर डुबानमा पर्ने गरेका छन् । गत वर्ष हनुमन्तेमा आएको बढीको बितन्डा देखे–भोगेका स्थानीय यो वर्षको मनसुन सक्रिय भएसँगै डरमा बस्न थालेका हुन् ।

गत वर्ष असार २८ गते हनुमन्तेमा आएको बाढीका कारण तीनजनाको मृत्यु हुनुका साथै सयौं घर डुबानमा परेका थिए । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा डराउँंछ’ भनेझैं हनसमन्ते किनारका बासिन्दा यतिबेला सम्भावित जोखिमको चिन्ता र त्रासमा परेका छन् । हनुमन्ते खोला वरपरका हनुमानचा, लिवाली, हनुमानघाट, भेलुखेल, राममन्दिर, सल्लाघारी, सिर्जनानगर, राधेराधेलगायत क्षेत्रका बासिन्दा त्रासका बीचमा सतर्क अवस्थामा रहेको राधेराधेका सुरेश कवांले बताए । ‘निरन्तरको वर्षाले डुबान हुने निश्चित जस्तै भएकाले स्थानीय त्रासमा छन्,’ कवांले भने, ‘यही कारण कतिपय स्थानीय अस्थायी रूपमा स्थानान्तरणको योजनामा रहेका छन् ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);