भक्तपुरको केही बस्तीमा पस्यो बाढी, टहराका भूकम्पपीडित समेत बिस्थापित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२९ साउन, भक्तपुर । दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् ।

 

वर्षासँगै हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि डुबानमा परेको हो ।

 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको सूर्यविनायक बाराही स्थान आसपासका बस्ती र भूकम्पपीडितको टहरामा बाढी पसेको स्थानीयवासी भरत श्रेष्ठले बताउनुभयो ।

 

भूकम्पपीडितको टहरामा बाढी पसेपछि उनीहरु आफन्तकामा आश्रय लिन गएका छन् । त्यस्तै हनुमन्ते खोलामा आएको बाढीले बालकोटको खोला आसपासको बस्ती पनि डुबानमा पारेको छ ।

 

यता बालकोट हाइटमा सातवटा घर डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ बंगलामुखी मार्गका पुरण न्यौपानेले जानकारी दिनुभयो ।

 

मनोहरा खोलामा आएको बाढीले लोकन्थली जडीबुटी क्षेत्रमा रहेको सुकुम्वासी बस्तीलाई समेत डुबानमा पारेको छ । करिब २० घर डुबानमा पर्दा सुकुम्वासीमा त्रास बढेको स्थानीयवासी रामबाबु मगरले जानकारी दिनुभयो । यता भक्तपुरको बालकोट र ललितपुरको सिमानामा पर्ने गोदावरी खोलामा आएको बाढीले आसपासमा बनेका नयाँ बस्तीलाई डुबानमा पारेको छ ।

 

कतिपय बन्दै गरेको घरको निर्माण सामग्री बाढीले बगाएको र नयाँ बस्तीमा खोला पसेपछि खोला किनाराका बस्तीका बासिन्दा त्रासमा बस्नुपरेको बालकोट–२ का रामशरण थापाले जानकारी दिनुभयो ।

 

यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले भने बस्ती डुबानमा परेको र उद्धार गर्नुपर्ने अवस्थाका बारेमा जानकारी नआएकाले उद्धारमा प्रहरी नखटिएको प्रतिक्रिया दिनुभएको छ । रासस

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);