पूर्वी तराईमा विद्युत आपुर्ति बन्द, विद्युत सेवा सञ्चालन गर्ने अवस्था नरहेको प्राधिकरणद्वारा जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २९ , काठमाण्डौँ । निरन्तरको बर्षापछि पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । बाढीका कारण विभिन्न स्थानमा सवस्टेशन पानीले डुबाएको छ भने केही स्थानमा ट्रान्समिसन लाईन ढलेपछि पूर्वी तराई अन्धकार भएको छ ।

प्रणाली सञ्चालन विभागका अनुसार सिरहाको लहान देखि पूर्वका तराईका जिल्लाहरुमा विद्युत आपुर्ती हुन सकेको छैन । पानीको सतह घटेपछि पनि तत्काल तत्काल विद्युत आपुर्ति हुनसक्ने स्थिति नरहेको प्राधिकरणले जनाएको छ । बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । प्राधिकरणका अनुसार काबेली करिडोर अन्तरगतको ट्रान्समिसन लाइन ढलेको छ । सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा पनि समस्या आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);