चालु आर्थिक वर्षका लागि त्रिविले छुट्यायो १९ अर्ब ३१ करोड बजेट | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

चालु आर्थिक वर्षका लागि त्रिविले छुट्यायो १९ अर्ब ३१ करोड बजेट
साउन २९ , काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १९ अर्ब ३१ करोड ७ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको आइतबार बसेको सभाले चालु आर्थिक वर्षका लागि नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख र आन्तरिकतर्फ ८ अर्ब ५ करोड ७२ करोड ५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो । स्वीकृत बजेटमा पुनर्निर्माण र उच्चशिक्षा सुधारको बजेट समावेश छैन । त्रिविले चालु आवमा हुने नियमित खर्चमध्ये १ अर्ब ५६ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने र बाँकि विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग माग गर्ने जनाएको छ । त्रिविले यो वर्ष अवकाशप्राप्त शिक्षक तथा कर्मचारीको सुविधामा २ अर्ब १२ करोड ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । गत आवमा १ अर्ब ९० करोड ६६ लाख रुपैयाँ खर्च भएको थियो । सभाले बजेट स्वीकृत गर्नु पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविलाई आवश्यक बजेट उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको थियो । उहाँले त्रिविले शिक्षालाई गुणस्तरीय र रोजगारमूलक बनाउनतिर ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वविद्यालयले प्रदान गर्ने शिक्षा समसामयिक, प्रविधियुक्त र आधुनिक सिकाइपरक हुनुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले गुणस्तरीय शिक्षा प्रदान गर्न गुणस्तरीय शैक्षिक जनशक्ति र भौतिक पूर्वाधार चाहिने भन्दै यसका लागि विश्वविद्यालयले २० वर्षे दीर्घकालीन योजना तयार पारेको बताउनुभयो ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);