विराटनगर महानगरमा बजेट बिनियोजन: पहिलो सन्तान छोरी जन्मिएमा ३ हजार रुपैयाँ पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाण्डौँ, २६ भदौ । विराटनगर महानगरपालिकाको भदौ २३ देखि २५ गतेसम्म चलेको पहिलो सभाले चालु आर्थिक बर्षका लागि बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि तीन अर्ब ३८ करोड ८९ लाख रुपैयाँ बजेट पारित गरेको हो । जसमध्ये भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख, चालु खर्चका लागि २० करोड ८७ लाख, विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् ।

 

त्यस्तै महानगरसभाले परामर्शदाताका लागि पनि खर्च छुट्याएको छ। जसमा ८ करोड ५० लाख र सार्वजनिक निर्माणका लागि एक अर्ब ५४ करोड छुट्याइएको छ । यद्यपी पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायत कुनै जनप्रतिनिधिको तलब र सेवा सुविधा भने तोकेको छैन ।

महानगर प्रमुख पराजुलीका अनुसार छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले महानगरबासी दम्पतीको पहिलो सन्तान छोरी जन्मिएमा ३ हजार रुपैयाँको पुरस्कार दिने निर्णय समेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);