संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का

काठमाडौं ।

प्रतिनिधि सभा बैठक चलिरहँदा नेपाली काँग्रेस सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएको छ । सभाको बिहीवारको जारी बैठकमा सत्तारुढ दलका रास्वपाका सांसद शोम शर्मा बोलिरहेको समयमा सांसद खड्का आफू बसेकै कुर्सीमा ढल्नुभएको हो । उहाँले ढलेपछि सभामुख अर्यालले सांसद शर्मालाई केही समय रोक्नुभएको थियो । उहाँले ब्लड प्रेसरको कारण ढलेको बताइएको छ । सांसद खड्कालाई उपचारको लागि वीर अस्पतालतर्फ लगिएको छ ।

Leave a Reply

ताजा समाचार