सरकारद्वारा लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारद्वारा लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट पेश गरेका छन् ।

शुक्रबार अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

बजेटमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ । शर्माले कोरोना प्रभावितको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए ।

प्रतिनिधि सभामा नेकपा एमालेको अबरोधकाबीच बजेट प्रस्तुत गर्दै शर्माले कोरोना प्रभावितको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थान सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा खोप लगाइसकेको भन्दै उनले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको जानकारी गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);