चालु आर्थिक वर्षमा ८४ दशमलब ६७ प्रतिशत बजेट मात्र खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

चालु आर्थिक वर्षमा ८४ दशमलब ६७ प्रतिशत बजेट मात्र खर्च

चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ ।

nepali money

काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । बुधबार मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा ८४ दशमलब ६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताएका हुन ।

सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो । सरकारले विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहिरहँदा बजेटभन्दा बाहिरका कार्यक्रमका लागि गैर बजेटरी माग तीन खर्ब बढी रुपैयाँको माग आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ ।

सरकारका अनिवार्य दायित्वमा रहेका शीर्षकको लागि विनियोजन गरिएको रकम चालु खर्चको रुपमा खर्च गर्न नपाउने व्यवस्था अर्थमन्त्रालयले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);