यसकारण आकासियो सिमेन्ट र छडको मूल्य : कुन्दनजोशी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यसकारण आकासियो सिमेन्ट र छडको मूल्य : कुन्दनजोशी (भिडियोसहित)

काठमाडौं, २४ फागुन । सरकारले चालू आर्थिक वर्षको ६ महिनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै पूँजीगत खर्च वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेको छ । बुधबार चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा प्रतिवदेन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक नरहेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले यस्थास्थितिमा ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदर हासिल गर्न सकिने अवस्था नरहेको भन्दै सरकारले राखेको ७.२ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य संशोधन गर्दै ६ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने स्पष्ट पारेका छन् ।

यस्तो अवस्थामा नीजि क्षेत्रले कसरी काम गर्दै छ ? समृद्धिको यस घडिमा निर्माण सामाग्रीको पनि मुल्य बढेको छ। विशेष गरी सिमेन्ट र छडको मूल्य आकासिएको छ । किन निर्माण सामाग्रीको मूल्य बढेकोे हो ? यि र यस्तै विषय बस्तुमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले लक्ष्मी स्टिल्सका महाप्रवन्धक कुन्दन जोशीसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);