सिरियाको ऐतिहासिक सेन्ट सिमियन तीर्थस्थल १४ वर्षपछि पर्यटकका लागि खुला | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

सिरियाको ऐतिहासिक सेन्ट सिमियन तीर्थस्थल १४ वर्षपछि पर्यटकका लागि खुला

सिरियाको उत्तरी सहर अलेप्पोस्थित पाँचौँ शताब्दीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सेन्ट सिमियन कम्प्लेक्स १४ वर्षको लामो बन्दपछि पर्यटकका लागि पुनः सञ्चालनमा आएको छ । युद्ध र प्राकृतिक प्रकोपका कारण थलिएको यो पुरातात्विक सम्पदाको पहिलो चरणको पुनस्र्थापना कार्य पूरा भएसँगै सेप्टेम्बरको अन्त्यदेखि पर्यटकका लागि ढोका खुला गरिएको हो । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश एन्सिन्ट भिलेज अफ नर्दन सिरियाको एक महत्वपूर्ण अंगका रूपमा रहेको सेन्ट सिमियन, प्रारम्भिक क्रिस्चियन अनुयायीहरूका लागि लामो समयदेखि श्रद्धाको केन्द्र रहँदै आएको छ । पाँचौँ शताब्दीमा निर्मित यो स्थलमा क्रिस्चियन तपस्वी सेन्ट सिमियन द स्टाइलाइटले एउटा खम्बामाथि बसेर साधना गरेको विश्वास गरिन्छ ।सिरियाको दशक लामो द्वन्द्वका कारण यो क्षेत्र लामो समय सर्वसाधारणका लागि बन्द रह्यो । यस अवधिमा स्थलले ठूलो क्षति व्यहोर्नुप¥यो । सन् २०१६ मा भएको हवाई आक्रमणका कारण सेन्ट सिमियनको मुख्य खम्बा र चर्चका केही भाग भत्किएका थिए । त्यसपछिको सन् २०२३ को विनाशकारी भूकम्पले कमजोर अवस्थामा रहेका संरचनाहरूलाई थप क्षति पु¥याएको थियो ।

Leave a Reply