सिरियाको राष्ट्रपतिमा बसर अल असद चौथो पटक निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरियाको राष्ट्रपतिमा बसर अल असद चौथो पटक निर्वाचित

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्ध झेलिरहेको सिरियामा असर लगातार चौथोपटक राष्ट्रपतिमा चयन भएका हुन् । यो सँगै असदले थप सात वर्ष राष्ट्रपतिका रुपमा काम गर्ने अवसर पाएका छन् । असद निर्वाचित भएको खबरसँगै सिरियाको विभिन्न शहरमा खुशियाली मनाइएको छ ।

बुधवार भएको निर्वाचनमा असदले ९५.१ प्रतिशत मत प्राप्त गरेको रोयटर्सले उल्लेख गरेको छ । संसदका प्रमुख हमउदा सबबागले असद फेरि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । विपक्षीहरुले भने निर्वाचनमा धाँधलीको आरोप लगाएका छन् । फ्रान्स, जर्मनी, बेलायत, अमेरिका र इटालीले असद निर्वाचित भएको निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा असदले ८८ प्रतिशत मत ल्याएका थिए । ५५ वर्षीय असदको परिवारले सिरियामा करिब ६ दशकदेखि शासन गरिरहेको छ । उहाँका बुवा हफेज अल असदले ३० वर्ष सिरियाको नेतृत्व गरेका थिए ।

सन् २०११ देखि सुरु भएको सिरियाली युद्धमा हजारौं मानिसको मृत्यु भइसकेको छ भने आधा जनसंख्या विस्थापित भएका छन् । असद सरकारले आइएसआइ लगायत अन्य समूहले कब्जा गरेको करिब ७० प्रतिशत भूभाग फेरि आफ्नो नियन्त्रणमा ल्याइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);