ईरानी र इजरायली सेनाबीचको झडपमा १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ईरानी र इजरायली सेनाबीचको झडपमा १५ जनाको मृत्यु

एजेन्सी, २७ वैशाख । सिरियामा असद सरकारलाई सहयोग गर्दै आएको ईरानी सेना र इजरायली सेनाबीचको झडपमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना इरानी रहेको जनाईएको छ ।

इजरायलले सिरियामा इरानको बढ्दै गएको प्रभावलाई खतराको रुपमा लिँदै इरानको उपस्थिति रोक्न रुससँग आग्रह गर्दै आएको छ । इरानले भने सिरियामा विद्रोहीविरुद्ध असद सरकारले सन् २०११ देखि गर्र्दै आएको आक्रमणमा सहयोग गरिरहेको छ ।

यसैबीच पछिल्लो पटक इजरायली सैन्य अड्डामा इरानले २० ओटा रकेट मिसाइल प्रहार गरेपछि इजराइलले जवाफी कार्बाही गरेको छ । गोलन हाइट्समा इरानी सेनाले आक्रमण गरेपछि इजरायली सेनाले प्रतिकार गरेको हो ।

इजरायली सेनाले सिरियामा रहेका इरानी सेनामाथि आक्रमण गरेको स्विकार गरेको छ । सिरियाको राजधानी बाहिर सीमामा इजरायलले हवाई हमला गरेको सिरियाको सरकारी सञ्चारमाध्यमले पनि पुष्टि गरेका छन् ।

इजरायली प्रतिरक्षा सेवाले सिरियामा रहेको इरानको हतियार भण्डार, मिसाइल लन्चर अखडा र अन्य सैन्य अड्डामा बम प्रहार गरेको दाबी गरेको छ । इजरायली सेनाले सिरियाको एयर डिफेन्स प्रणालीलाई पनि आफ्नो निसाना बनाएको स्विकार गरेको छ । इजरायल सिरियामा इरानको हैकम जमाउन नदिने रणनीति अनुसार आक्रमक रुपमा प्रस्तुत भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);