इरानी सैन्य अड्डामा इजरायलले बम हानेपछि तनाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

इरानी सैन्य अड्डामा इजरायलले बम हानेपछि तनाव

एजेन्सी, २९ वैशाख । सिरियामा इरानी सैन्य अड्डामा इजरायलले बम हानेपछि यी दुई देशबीच पुरानो दुश्मनी ब्यूँतने खतरा बढेको छ । यदि यस्तो भएमा दुई देशकै लागि त्यो घातक हुने विश्लेषण बीबीसीले गरेको छ ।

सन् १९७९ मे मा इरानको परिवर्तनले कट्टरपन्थीहरुलाई सत्तामा आउने मौका दियो । त्यति बेला देखि नै इरानी नेताहरु इजरायललाई मेटाउने कुरा गरिरहेका छन् । इजरायलको अस्तित्वलाई स्वीकार गर्न नमानेको इरान, इजरायलले मुसलमानहरुको जमीन कब्जा गरेको बताइरहेको छ ।

अर्कोतिर, इजरायल पनि इरानलाई एउटा खतराका रुपमा हेर्छ । उसले सधैं यही भन्दै आएको छ कि, इरानसँग परमाणु हतियार हुनुहुँदैन । मध्यपूर्वमा इरानको बढ्दो प्रभावले पनि इजरायली नेताहरुको चिन्ता बढाएको छ ।

सन् २०११ बाटै सिरियामा युद्धको स्थिति बनेको छ र इजरायल परैबाट यसलाई हेरिरहेको छ । सिरियामा बशर अल असदको सरकार र त्यसको विरोध गरिरहेका विद्रोही लडाकुहरुबीच भइरहेको संघर्षबाट इजरायलले आफूलाई टाढै राख्यो।

सिरियामा इरान भने असदलाई समर्थन गर्छ । इरानले सिरियामा आफ्ना हजारौँ लडाकु र सैनिक सल्लाहकार पठाएको छ । इजरायल यस कुराले चिन्तित छ कि इरान गोप्य तरिकाले लेबननमा विद्रोहीहरुलाई हतियार दिइरहेको छ ।

लेबनन इजरायलको छिमेकी देश हो, जसबाट इजरायलले खतरा महशुस गर्ने गर्छ । आफूविरुद्धको शक्ति संगठित हुने र खतरा बढ्ने भयका कारण इजरायलले सिरियामा इरानी सैनिकलाई अड्डा जमाउन नदिने बताउँदै आएको छ ।

त्यसैले सिरियामा जब इरानी गतिविधि बढ्छ, तब इरानी सैन्य अड्डामा इजरायली आक्रमण तीव्र हुने गरेको छ । तर, इरानले हिज्बुल्ला, प्यालास्टाइनी चरमपन्थीजस्ता गुटलाई समर्थन गर्दै आएको छ ।

जसले इजरायललाई निशाना बनाउँछन् । यदि कुनै बेला दुई मुलुकबीच लडाईं भयो भने दुबै पक्षका लागि यो घातकसिद्ध बन्ने विश्लेषकहरु बताउँछन् । इरानसँग लामो दुरीसम्म मार हान्न सक्ने सक्षम मिसाइलहरु छन् । इजरायलसँग पनि बलियो सैन्य शक्ति र परमाणु हतियार छ । इजरायलले संयुक्त राष्ट्र संघबाट समर्थन पनि हासिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);