फ्रान्सको पेरिसमा फेरि आतंकवादी आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

फ्रान्सको पेरिसमा फेरि आतंकवादी आक्रमण

france hamala

काठमाडौं, ३० बैशाख । फ्रान्सको पेरिसमा फेरि आतंकवादी आक्रमण भएको छ । मध्य पेरिसमा सडकमा हिंडिरहेका मानिसमाथि इस्लामिक स्टेट सम्बद्ध व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको हो ।

आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । पर्यटकहरूको चहलपहल हुने ओपेरा जिल्लामा भएको घटनापछि प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको थियो । प्रहरीले हतियार आक्रमणमा संलग्न व्यक्तिलाई गोली हानेर मारेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग एक इञ्च पनि नझुक्ने बताउनुभएको छ । इस्लामिक स्टेट समूहले आक्रमणको घटनाको जिम्मेवारी लिएको छ । फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले आक्रमणको अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);