उत्तर कोरियाले दुई साताभित्र परमाणु परीक्षण केन्द्र नष्ट गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उत्तर कोरियाले दुई साताभित्र परमाणु परीक्षण केन्द्र नष्ट गर्ने

north-korea-test-site

काठमाडौं, ३० बैशाख । उत्तर कोरियाले आफ्नो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्नेछ ।

मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आमन्त्रण गरिने छ । त्यसक्रममा परीक्षण केन्द्रस्थित सबै सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी भत्काइने, प्रवेशद्वार बन्द गरिने, पर्यवेक्षण गर्ने केन्द्र र अनुसन्धान भवनहरु हटाइने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच सिंगापुरमा ऐतिहासिक शिखर बैठक हुनुभन्दा तीन हप्ताअघि हुने सो कार्यक्रममा दक्षिण कोरिया, चीन, ब्रिटेन तथा रुसका पत्रकार सहभागी हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);