उत्तर कोरियाद्वारा परमाणु भट्टीको सुरुङ ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाद्वारा परमाणु भट्टीको सुरुङ ध्वस्त

एजेन्सी, १० जेठ । उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ नष्ट गरेको छ । विभिन्न विदेशी पत्रकारहरुको उपस्थितिमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी जुन १२ मा हुने भनिएको वार्ताअगाडि सुरुङ भत्काइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उत्तर कोरियाको उक्त परमाणु सुरुङ पुन्गेरीमा रहेको छ । जहाँबाट उत्तर कोरियाले अमेरिकासम्म हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);