ट्रम्प-किम वार्ता रद्दपछि उत्तर कोरिया निराश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रम्प-किम वार्ता रद्दपछि उत्तर कोरिया निराश

trump-kim

एजेन्सी, ११ जेठ । आफ्ना नेता किम जङ–उनसँग सिंगापुरमा हुन लागेको भेटवार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो कमदप्रति उत्तर कोरियाले निराशा व्यक्त गरेको छ । अमेरिकामै यो विषय पेचिलो बनेको छ भने संयुक्त राष्ट्र संघले पनि चिन्ता प्रकट गरेको छ ।

बिहीबार उत्तर कोरियले आफ्नो परमाणु सुरुङ नष्ट गरेको केही बेरपछि नै अमेरिकी राष्ट्रपति ट्रम्पले किम जङ–उनसँग सिंगापुरमा हुन लागेको भेटवार्ता रद्द गरेको घोषणा गरेका थिए । ट्रम्पको यो फैसला संसारको इच्छाविपरित रहेको उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले बताएको छ ।

किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि निकै प्रयास गरेको दाबी पनि उत्तर कोरियाले गरेको छ । उसले भनेको छ कि ऊ अमेरिकासँगको मुद्दालाई कुनै पनि बेला कुनै पनि तरिकाले समाधान गर्न चाहान्छ । यसअघि राष्ट्रपति ट्रम्प उत्तरसँगको वार्ताबाट पछि हट्नुमा उत्तर कोरियाको कदम नै मुख्य कारण रहेको ह्वाइट हाउसले प्रतिक्रिया दिएको थियो ।

ह्वाइट हाउसका अनुसार उत्तरले कैयौँ प्रतिबद्धताहरु तोडेकाले ट्रम्पले यस्तो कदम चालेका हुन् । उत्तर कोरियाली प्रतिनिधिले पछिल्लो हप्ता सिंगापुरमा एक योजना बैठकको तयारीसमेत गर्न नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणको तयारीबारे थाहा नदिने उद्देश्यले पर्यवेक्षकहरुलाई अनुमति पनि नदिएको ट्रम्प प्रशासनको आरोप छ ।

यद्यपि, उत्तर कोरियाले विदेशी पत्रकारहरुको एउटा समूहलाई परमाणु सुरुङमा लगेर साक्षी बनाएको थियो । उता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले यसबारे चिन्ता जनाएका छन् । उनले अमेरिका र उत्तर कोरिया परमाणु निशस्त्रिकरणको दिशामा बाटो खोज्ने प्रयास जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जेय–इनले पनि खेद प्रकट गर्दै आफ्ना सुरक्षा सहयोगीहरुको आपतकालिन बैठक आह्वान गरेका छन् । अमेरिकी कांग्रेसमा राष्ट्रपति ट्रम्पका विरोधिहरुले पनि उनको यो फैसलाप्रति कटु आलोचना गरेका छन् । डेमोक्रेटिक पार्टीकी नेतृ नैनी पेलोसीले उत्तर कोरियाको सामना गर्न र समस्या समाधान गर्न राष्ट्रपति ट्रम्प पछि हटेको टिप्पणी गरेकी छन् ।

ट्रम्पले भने उत्तर कोरियाली नेता किमसँग हुन लागेको बैठक रद्द गर्दै अहिले समय सान्दर्भिक नभएको बताएका थिए । आफ्नो फैसला उत्तर कोरियाको हालैका निकै निराशाजनक र भड्काऊ अभिव्यक्तिपछि लिइएको ट्रम्पको भनाइ थियो । उत्तर कोरियाली नेता किमलाई लेखेको एक पत्रमा ट्रम्पले कुनै दिन भेट्नका लागि उत्सुक रहेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);