'मलाई किन बुढो भनेर अपमान गरेको होला' | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

एजेन्सी, २६ कार्तिक। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु भएको छ।

उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई युद्ध रुचाउने बुढो मान्छेको संज्ञा दिएका छन् । उत्तर कोरियाले परमाणु अस्त्रको विकास नरोक्नेमा उनले जोड समेत दिएको बीबीसीले लेखेको छ।

एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै ट्वीट गरेका छन्। उनले आफूले किम जोङ उनलाई कहिल्यै पनि पुड्के र मोटे नभन्ने बताउँदै उत्तर कोरियासँग साथी बन्न हरबखत तयार रहेको बताएका छन्। उनले भविष्यमा नेता उनसँग मित्रता गाँसिन सकिने समेत सम्भाव्यता देखाएका छन्।

यसअघि किम जङ उनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई पागल र सानो रकेट मान्छे भनेका थिए।

ताजा समाचार