किमसंग दुई कोरियाको सिमामा भेट्ने ट्रम्पको चाहना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

किमसंग दुई कोरियाको सिमामा भेट्ने ट्रम्पको चाहना

Donald-Trump-Kim-Jong-un

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसंग भेटन चाहेको वताएका छन । ट्रम्प र उनबीच गत फेब्रुअरीमा भियतनाममा भएको दोस्रो वार्ता विना निश्कर्ष टुंगिएको थियो । त्यसयता दुई देशविचको सम्वन्धलाई लिएर चासो व्यक्त भैरहेको समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने सीमा रेखामा भेट्न चाहेको बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने सीमा रेखामा भेट गर्ने चाहेको बताएका छन् । जापानमा भैरहेको जी–२० सम्मेलनपछि ट्रम्पको दक्षिण कोरियाको भ्रमण गर्ने कार्यक्रम छ । ट्रम्प उत्तर कोरियासँगका परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई फेरी सुरुगर्ने वातावरणमा बनाउने उद्देश्यले दक्षिण कोरिया जानलागेको विश्लेषण गरिएको छ । दक्षिण कोरियाको दुई दिने भ्रमण गर्नुअघि ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेतासँग सीमास्थित गैर सैनिक क्षेत्रमा भेट्न चाहाना व्यक्त गरेका हुन् ।

trump wants to meet kim

उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्र विश्वको सबैभन्दा बढी अस्त्रले सुसज्जित क्षेत्रमा पर्दछ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यसअघि दुई पटक वार्ता भएको छ । तर त्यसमा ठोस सहमति बन्न सकेको छैन । दुई नेताविचमा पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । पहिलो भेटवार्ताको समयमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरण गर्ने विषयमा छलफल भएको भएपनि कुनै प्रगति हुन सकेको थिएन ।

त्यसैगरीे अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताविच भियतनाममा सम्पन्न दोस्रो बैठकमा समेत दुई नेताविचमा सहमति जुटन सकेको थिएन । उत्तर कोरियाकी उपविदेशमन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कूटनीतिज्ञ एवं संवाददाताहरुलाई सम्बोधन गर्दै हनोइ शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताएकी थिइन । उनले अमेरिकाको चासो नदेखाएको आरोप लगाएकी थिइन साथै अमेरिकाले अभिरुचि देखाएको अवस्थामा वार्ता पुनः सुरु गर्ने सम्भावना रहेको पनि स्पस्ट गरेकी थिइन ।

उत्तर कोरियाली मन्त्री हुइले उक्त समयमा पुनः वार्ताको आशा गरेजस्तै वर्तमान समयमा अमेरिकी राष्ट्रपति ट्रम्प भेटघाटका लागि लालायित देखिएका छन । विश्व शक्ति राष्ट्रका रुपमा रहेको अमेरिका पछिल्लो समय चिनको विश्वासीलो राष्ट्रका रुपमा रहेको उत्तर कोरियासंगको सम्वन्ध विकासका लागि लागिपरेको विश्लेषकहरुको भनाई रहेको छ । त्यसो त उत्तर कोरिया पनि चिनको सहयोगमा अमेरिकासंगको व्यापार लगाएतका विषयमा सहमतिमा पुग्न लालायित भएको देखिन्छ ।

पहिलो वार्ताकै समयमानै उत्तर कोरियाले परमाणु निशस्त्रीकरणको काम गर्ने भनिएको भएपनि हालसम्म पनि उत्तर कोरियामा रहेका परमाणु अस्त्रबारेका विस्तृत जानकारी दिइएको छैन भने आर्थिक प्रतिबन्धहरू समेत कायमै रहेका छन । तर नेता किम आफ्नो छवि उकास्न व्यस्त रहेका छन । उनले पछिल्लो दक्षिण कोरियासँग समेत सम्बन्ध सुधार गरेका छन । त्यसो त उत्तर कोरिया र चीनबीचको सम्बन्ध पनि सुधारिएको छ ।

सन २०१८ र १९ मा भएको उत्तर कोरिया र अमेरिकाको भेटवार्ता र त्यसपछिको घटनाक्रम विश्व घटनाक्रममा निकै चासोको विषय वनेको थियो । अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सिमा क्षेत्रमा भेटन चाहेको बताएका छन । यस्तोमा उत्तर कोरियाको कस्तो प्रतिक्रिया आउला ? दुई देशको व्यापार सम्वन्ध लगाएतका अन्य विषय कसरी अगाडी वढ्छन भन्ने कुरा चासोका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);