अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाका नेता किमसँग भेट्न सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाका नेता किमसँग भेट्न सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङसँग वार्ताका लागि तयार भएका छन ।

donald trump

एजेन्सी ,२५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङसँग वार्ताका लागि तयार भएका छन ।

उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङटन पुगेका दक्षिण कोरियाली उच्च अधिकारीले ट्रम्पले किमसँग भेटवार्ता गर्ने घोषणा गरेका हुन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले आगामी मेमा ट्रम्पले किमसँग भेटवार्ता गर्ने बताए । केही समय अघिसम्म किम र ट्रम्प सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उभिएका थिए ।

दक्षिण कोरियाली अधिकारीहरुले किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएको सन्देश अमरिकी राष्ट्रपति ट्रम्पलाई सुनाएका छन् । किमले पारमाणविक निस्शस्त्रीकरणका लागि प्रतिबद्धता जनाएको बारेमा पनि ट्रम्पलाई जानकारी गराइएको दक्षिण कोरियाले अधिकारीहरुले बताएका छन् । आफूहरुको ब्रिफिङपछि ट्रम्पले उत्तर कोरियालाई स्थायीरुपमा परमाणू अस्त्रबाट निशस्स्त्र बनाउने उद्देश्य लिएर आफूले आगामी मे महिनामा किमसँग भेट्ने बताएको दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार योङले जानकारी दिए ।

दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अघिल्लो साता प्योङयाङमा उत्तर कोरियाली नेतासँग अभूतपूर्व प्रकृतिको वार्ता गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);