ट्रम्प र किमबीच दुई कोरियाको सीमा क्षेत्रमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ट्रम्प र किमबीच दुई कोरियाको सीमा क्षेत्रमा भेटवार्ता

trump and kim meet in dmz

एजेन्सी, १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन बीच उत्तर र दक्षिण कोरियाको सीमामा अवस्थित सैनिकरहित क्षेत्रमा भेटवार्ता भएको छ । राष्ट्रपति ट्रम्प र नेता किमले दुई कोरियालाई छुट्याउने क्षेत्रमा उभिएर हात मिलाएका थिए ।

किमसँग भेटवार्ता गरे लगत्तै ट्रम्पले सैनिकरहित क्षेत्रबाट उत्तर कोरियामा पाइला टेकेका थिए । गत वर्ष भियतनामको हनोइमा भएको शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो ।

किमको उपस्थितिमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भ्रमण वास्तवमै ऐतिहासिक अवसर भएको बताए । दुई कोरियाको धर्तीमा पाइला राख्नु गर्वको विषय भएको ट्रम्पको भनाई रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

उत्तरकोरियाली नेता किमले पत्रकारसँगको दूर्लभ कुराकानीका क्रममा भेटवार्तालाई ट्रम्प र आफुबीचको उत्कृष्ट सम्बन्धको प्रतीकको रुपमा लिएको बताएका छन । ट्रम्प र किमबिचको भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको पनि उपस्थिति रहेको थियो ।

केही दिन अघिमात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरेका थिए । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको निशस्त्रीकरणमा सहमति जनाए पनि प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ । उत्तर कोरियाले भने आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);