अमेरिकाले एयरफोर्स एफ –२२ फाइटर विमान मध्यपूर्व पठायो, द्वन्द्व हुनसक्ने आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाले एयरफोर्स एफ –२२ फाइटर विमान मध्यपूर्व पठायो, द्वन्द्व हुनसक्ने आशंका

us-iran

एजेन्सी, १६ असार । अमेरिकाले नयाँ प्रतिबन्ध लगाउँदै इरानमाथिको आर्थिक प्रतिबन्धलाई थप कडा बनाएपछि दुई देशको सम्वन्ध बिग्रिएको समयमा अमेरिकाले आफ्नो एफ–२२ विमान मध्यपूर्व पठाएको छ । अमेरिकाको एयरफोर्सले एफ–२२ फाइटर विमान कतार पठाइएको हो । हर्मुजको स्ट्रेटमा इरानी फौजले अमेरिकी जासुसी सैनिक ड्रोन खसालेपछि मध्यपूर्वमा तनाव अहिले उत्कर्षमा रहेको छ ।

इरान र अमेरिका विचको सम्वन्धको तनाव उत्कर्षमा पुगेको समयमा अमेरिकाले एफ–२२ विमान मध्यपूर्व पठाएको छ । अमेरिकाको एयर फोर्सले कतिओटा एफ–२२ विमान पठाइएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर सार्वजनिक भएको तस्वीरले भने कम्तिमा पाँचओटा विमान कतार पुगेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी एयरफोर्सका अनुसार अमेरिकी फोर्सको रक्षा तथा यो क्षेत्रमा अमेरिकाको दायित्व पूरा गर्नको लागि पहिलोपटक उक्त फाइटर विमान कतार पठाइएको हो ।

इरानले अमेरिकाको सैन्य ड्रोन खसालेपछि अमेरिकाले एयर फोर्स विमान मध्यपूर्व पठाएको हो । इरानले उक्त ड्रोन इरानको आकाशमा रहेको बताउँदै आएको छ । अमेरिकाले भने उक्त ड्रोन अन्तराष्ट्रिय समुद्रमा रहेको बताएको छ । इरानको मिसाइल सुरक्षा प्रणालीलाई लक्षित गरी कतारमा उक्त फाइटर विमान अमेरिकाले पठाएको हुनसक्ने विश्लेषण गरिएको छ । यसअघि इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी लक्षित नयाँ प्रतिबन्धमा हस्ताक्षर गरेका थिए । त्यसको जवाफमा इरानले ह्वाइट हाउस मानिसक रुपमा अशक्त अर्थात मेन्टल्ली रिटार्डेड भएको बताएको थियो । इरानका राष्ट्रपति हसन रुहानीले नयाँ प्रतिबन्धनले ट्रम्प नेतृत्वको ह्वाइट हाउसको मानसिक अवस्था कमजोर रहेको पुष्टि गरेको बताएका थिए ।

अमेरिकी ड्रोन इरानले खसालेपछि सुरु भएको दुई देशविचको तनाव अमेरिकाको थप आर्थिक प्रतिवन्ध तथा लडाकु विमान मध्यपूर्व पठाउँदा झनै थपिएको छ । कतारमा अमेरिकी फाइटर विमान पठाउने निर्णयले आगामी दिनमा इरान र अमेरिका थप द्वन्द्वको अवस्था आउनसक्ने बताइएको छ । इरानले अमेरिकी ड्रोन खसालेसँगै अमेरिकाले २ हजार सैनिक मध्यपूर्वमा पठाइसकेको छ । यसरी अमेरिकाले सैनिक तथा लडाकु विमान मध्यपूर्वमा पठाउँनुलाई आफ्नो ड्रोन खसालेको वदला लिनसक्ने संकेतका रुपमा वुझ्न सकिने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । भलै अमेरिकाको यस्तो कदमको इरानले कुटनैतिक समाधान खोज्छ वा सैनिक त्यसमा आगामी घटनाक्रम निर्भर गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);