काबुलमा शक्तिशाली कार बम बिष्फोट हुँदा ३४को मृत्यु, ६८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काबुलमा शक्तिशाली कार बम बिष्फोट हुँदा ३४को मृत्यु, ६८ घाइते

एजेन्सी, १६ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । आफगानिस्तानका संचारमाध्यमले जनाए अनुसार सोमवार विहान व्यस्त समयमा भएको विस्फोटमा परी ३४ जनाको मृत्यु भएको भने ६८ जना घाईते भएका छन् ।

घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको जनाइएको छ ।

शुरुमा आतंकाकरी समूहले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएका थिए । कार बिष्फोटन गराएलगत्तै आतंककारी समूह निर्माणाधीन भवनमा छिरेका थिए ।

सुरक्षाकर्मी र आतंककारीबीच दोहोरो गोली हानाहन भएको केही समयपछि थप सुरक्षाकर्मी पुगेर स्थिति नियन्त्रणमा लिइएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);