दोहोरो गोली हानाहान हुँदा १५ को मृत्यु, १९ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोहोरो गोली हानाहान हुँदा १५ को मृत्यु, १९ घाइते

goli

एजेन्सी, २४ कात्तिक । अफगानिस्तानमा तालिबान लडाकू र सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान हुँदा १५ जनाको मृत्यु भएको छ भने १९ घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन जना सुरक्षाकर्मी र बाँकी १२ जना लडाकू रहेको अफगानी अधिकारीहरुले उल्लेख गरेको जनाइएको छ ।
अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार बताए ।

तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली दोहोरो गोली हानाहान भएको हो । उक्त भिडन्तमा परी परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);