प्रथम विश्वयुद्धको सय वर्ष पुरा: फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरद्धारा स्मृति पुस्तिकामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

प्रथम विश्वयुद्धको सय वर्ष पुरा: फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरद्धारा स्मृति पुस्तिकामा हस्ताक्षर

france

काठमाडौं, २५ कात्तिक । फ्रान्स र जर्मनिका नेताले प्रथम विश्व युद्ध अन्त्य भएको एक सय वर्ष पुरा गरेको दिन आइतबार मैत्रीपुर्ण व्यवहार प्रदर्शन गरेका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रंों र जर्मन चान्सलर मर्केलले त्यति बेलाको सम्झना गरि सय वर्ष अघि एउटा रेलमा युद्ध विराम सम्झौता गरे झै रेलमै बसेर स्मृति पुस्तिकामा हस्ताक्षर गरेका छन् । फ्रान्समा भएको सो कार्यक्रममा विश्वका ७० जना नेताह?को सहभागिता रहेको जनाइएको छ ।

युद्ध कसैले मन पराउदैन , कुनै ठाँउमा युद्ध भयो भने सबैले त्यसको अन्त्य खोजेको हुन्छ । तर युद्ध कर्ताले निश्चित उदेश्य प्राप्त नगरे सम्म युद्ध रोक्न चाहदैन । अझै भनौ भने शक्तिशालि राष्ट्र वा त्यस्ता राष्ट्रमा आवद्ध समुहले आफ्ना सत्रु पराजीत नभएसम्म लडाई लडिरहन्छ । तर कमजोर पक्ष अन्ततोगत्वा युद्धको परिणाम स्वीकार गरेर युद्ध अन्त्य गर्नुमै आफ्नो हित ठानेको हुन्छ ।

प्रसङग प्रथम विश्व युद्धको हो । इतिहासमा सबैभन्दा विनासकारी युद्ध उल्लेख गरिएको सो युद्धको विनास हेरेर तत्कालिन युद्ध कर्ता अगुवाह?ले ११ नोभेम्बर सन् १९१८ मा अर्थात आइतबारका दिन युद्ध अन्त्य गरेका थिए । एक सय वर्ष अघिको विनासकारी प्रथम विश्व युद्ध अन्त्य भएको सम्झनामा फ्रान्स र जर्मनिका शासकह?ले मेलमिलापपुर्ण व्यवहार प्रदर्शन गरेका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों र जर्मन चान्सलर एन्जेला मर्केलले युद्ध अन्त्य भएको सम्झौता एउटा रेलमा गरिए झै ति दुई नेताले प्रतिकात्मक ढंगले रेलमै बसेर स्मृति पुस्तिकामा हस्ताक्षर गरेका छन् । यतिमात्र कहाँ हो र? ति दुई नेताले फ्रान्स र जर्मनिबिच सम्बन्ध सुदृढ गर्ने सिला लेख पनि अनावरण गरेका थिए ।

फ्रान्समा भएको सो कार्यक्रममा विश्वका करिब ७० देशका नेताह?लाई निम्ता गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ट्र ट्रम्पले भने फ्रान्स स्थित एउटा अमेरिकी चिहानमा नजाने जानकारी गराएका थिए । ह्वाइट हाउँसले खराब मौसम र सुरक्षाको कारण राष्ट्रपति ट्रम्प सो चिहानमा नजाने निर्णय गरेको जनाएको छ । सन् १९१४ जुलाई २८ तारिखका दिन प्रथम विश्व युद्ध सुरु भएको थियो ।

४ वर्ष ३ महिना १७ दिन चलेको सो युद्धमा प्रत्यक्ष?पमा ९० हजार शैनिक र ७० हजार सर्वसाधारण व्यक्तिहरुको मृत्यु भएको थियो । युद्धका कारण संसारभर फैलिएको फ्लु, माहामारी रोगबाट असंख्यक व्यक्तिह?ले ज्यान गुमाएका थिए ।

ताजा समाचार