सिरिया युद्ध अन्त्य गर्न लडाईमा संलग्न राष्ट्रहरुको तेहरानमा बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सिरिया युद्ध अन्त्य गर्न लडाईमा संलग्न राष्ट्रहरुको तेहरानमा बैठक

एजेन्सी, २२ भदौ । सिरियामा ७ वर्ष देखि लडाई जारी छ । सातवर्ष लामो सिरियाको युद्धलाई टुङग्याउने बिषयमा इरान, रुस र टर्किका राष्ट्रपतिहरुले शुक्रबार तेहरानमा छलफल गरी सिरियाको युद्ध अन्त्य गर्न जोड दिएका छन् ।

तर टर्कीका राष्ट्रपतिले विद्रोही नियन्त्रित इडलिबमा संयुक्त सेनाले आक्रमण गरे मानविय क्षति सँगै त्यहाँका जनता टर्कीतर्फ पलायन हुने अवस्थाप्रति चिन्त्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुले सिरियाको युद्ध टुंङग्याउने बाहानामा इडलिबमा कुनै प्रकारको मानविय क्षति हुने काम नगर्न सबैसँग आग्रह गरेका छन् ।

यो लडाईमा ५ लाख भन्दा बढी नागरिकको मृत्यु भएकोे छ भने एक करोड १० लाख भन्दा बढी व्यक्तहरुलाई आफ्नो घर त्यागेर शरणार्थी जीवन व्यतित गर्न बाध्य पारिएको छ । सिरियाका राष्ट्रपति बसर अल असदको सरकारी सेना र विद्रोहीबीच लडाई भैरहेको छ ।

विद्रोहीहरुको अन्तिम पकड रहेको ठाउँ इडलिब प्रान्तबाट अमेरिका र टर्की समर्थक विद्रोहीहरुलाई युद्ध गरेर लखेट्न पाए युद्ध अन्त्य गर्ने निस्कर्ष सहित सिरिया सरकारले आफ्नो मुख्य समर्थक र सहयोगी रुस तथा इरानलाई गुहारेपछि इरानको राजधानी तेहरानमा शुक्रबार रुसका राष्ट्रपति भ्लादमिर पुटिन, इरानका राष्ट्रपति हसन रुहानि र टर्किका राष्ट्रपति तैयप एर्दोगानबीच छलफल भएको छ ।

भिडियो हेर्नुहोस्:

सिरियालाई रुस र इरानले सघाउन तयार छन् । तर इडलिबमा संयुक्त सेनाले आक्रमण गरे मानविय क्षति संगसँगै सिरियाली शरणार्थी टर्की पुग्ने चिन्त्ता टर्कीका राष्ट्रपतिले व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुले इडलिबमा मानवता विरोधी कुनै काम नगर्न आग्रह गर्दै रासायनिक हतियार प्रयोग नगर्न चेतवानी दिएका छन् । यसअघि अमेरिकाले पनि इडलिबमा सिरियाली सरकारी सेना र उसका समर्थकले रासायनिक हतियार प्रयोग गरे अमेरिका चुप नबस्ने चेतवानी दिएको थियो ।

उता रुसका उप विदेश मन्त्री सर्गेई रियाबकोवले इडलिबबाट विद्रोही आतंकवादीलाई नलखेटे सम्म शान्ति बाहाल हुन नसक्ने दाबी गरेका छन् । टर्कीले गोलाबारुद कम प्रयोग गर्न सिरियालाई भन्दै आएको छ ।

यस्तो अवस्थामा एकोहोरोे तरिकाले रुस र इरानको सहयोगमा सिरिया सरकारले इडलिबमा आक्रमण गरे विद्रोहीलाई सघाउँदै आएका पश्चिमा राष्ट्रहरु चुप नबस्ने स्थितिले साढेको जुधाई बाच्छाको मिचाई प्रचलित नेपाली उखान चरितार्थ हुने सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);