सिरियामा जारी युद्ध नटुङगिए विध्वंस बढ्दै जाने मानव अधिकारकर्मीको भनाई (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरियामा जारी युद्ध नटुङगिए विध्वंस बढ्दै जाने मानव अधिकारकर्मीको भनाई (भिडियो सहित)

syria news

एजेन्सी, १७ भदौ । सिरियाको राजधानी दमास्कस नजिकै सिरियाली सैन्य हवाई अड्डामा ठुलो विस्फोट भएको छ । इजरेलि मिसाइल आक्रमण पछि सो विस्फोट भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ । लेवनानी हिजबुल्ला बिरोधीलाई लक्षित गरी सो इजरेलि आक्रमण भएको दावि गरिएको छ ।

सिरियामा विगत ७ वर्षदेखि जारी युद्ध नटुङगिए विध्वंस बढ्दै जाने कुरा मानव अधिकारकर्मीहरुले बताएका छन् । सिरियाका सेनालाई रुस र इरानको सहयोग प्राप्त छ । सिरियाली सेनाले लेवनानी हिजबुल्ला लडाकु ,इराक ,इरान र अफगानिस्ताको मिलिशियाको पनि समर्थन पाएका छन् ।

लामो समयदेखिको गृह युद्धले सिरियाली जनताको बाँच्न पाउने अधिकार कुण्ठित भएकोमा उनिहरु आक्रोसित बनेका छन् । बेलाबखत इजरालि मिसाइलको आक्रमणले थप पिडा दिने गरेको बताइएको छ ।

पछिल्लो पटक सिरियाली सैन्य हवाई अड्डामा इजरेली आक्रमण भएको छ । लेबनानी हिजबुल्ला विरोधिलाई लक्षित गरी सो आक्रमण भएको दावि गरिएको छ । राष्ट्रपति बशर अल असदको सेनाले इडिलिब शहरलाई घेरा बन्दि गरेका छन् ।

उता सिरियामा ५ लाख भन्दा बढि नागरिकहरु विस्थापित भएका छन् । विस्थापितहरुले लडाइका कारण उनिहरुको घर ध्वस्त भएको तथा कष्टपुर्ण शरणार्थि जिवन व्यतित गर्नु पर्दा थुप््रै प्रकारका समस्या झेल्दै आएका छन् । युद्ध ग्रस्त क्षेत्रबाट सर्वसाधरणहरु पलायन हुने क्रम जारी छ ।

संयुक्त राष्ट्रसंघका शरणार्थि संकटका प्रमुख फिलिपो ग्राडिले यहि प्रकारले लडाई भैरहे शरणार्थि संकट बढ्दै जाने र विस्थापितहरुको व्यवस्थापनमा कठिनाई पनि त्यहि अनुरुप बढ्दै जाने बताउनु भएको छ । मानव अधिकारबादिहरुले सिरिया संकट अन्त्यका लागि संयुक्त राष्ट्रसंघिय पहलको खाँचो औँल्याएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);