सिरयामा रुस समर्थित सेनाद्धारा भिषण हवाई आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सिरयामा रुस समर्थित सेनाद्धारा भिषण हवाई आक्रमण

syria attack

एजेन्सी, २४ भदौ । सिरियाको बिद्रोहि नियन्त्रित इडलिबमा भिषण हवाई आक्रमण भएको छ । उत्तरी हामामा सरकारी सेनाले १९ वटा ब्यारेल बम खसालेपछि एक दर्जन सर्वसाधरणको मृत्यु भएको छ भने केहि घाइते भएका छन् । सरकारी सेनालाई सघाउदै आएका रुसि विमानद्धारा ६८ वटा हवाई आक्रमण भएको मानव अधिकारकर्मिहरुको दावी छ ।

सिरियाको अन्तिम विद्रोहि नियन्त्रित इडलिबमा सरकारी सेनाले इरान र रुसको सहयोगमा बम हमला गर्न थालेपछि सर्वसाधरण नागरिकहरुको ज्यान जोखिमपुर्ण बनेको छ । उत्तरी हामामा सरकारी सेनाले १९ वटा ब्यारेल बम प्रहार गरी एक दर्जन सर्वसाधरणको ज्यान लिएका छन् । यो घट्नामा केहि नागरिकहरु घाइते भएका छन् । केहि सम्पतिहरु पनि नष्ट भएको बताइएको छ ।

उता रुसि विमानले पनि ६८ पटक हवाई आक्रमण गरेको मानवअधिकारकर्मिहरुले जनाएका छन् । यो आक्रमणलाई सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले १० अगस्त यताकै ठुलो आक्रमण भएको बताएको छ । विगत ७ वर्ष देखि जारी सिरियाली युद्धमा इडलिब राजमार्ग छेउमा विद्रोहि तथा जिहादीहरुको बलियो पकड भएको अन्तिम स्थल भएकोले त्यो ठाउँबाट विद्रोहिलाई लखेट्दै सरकारी सेनाले आफ्नो कब्जा जमाउन खोजेका छन् ।

इडलिब कब्जा भएपछि युद्ध जित्ने हुदा विद्रोहि र मुजाहिद्धिनलाई तह लगाउन इरान र रुसको सहयोगमा सिरिया सरकारले कम्मर कसेको हो । सिरियामा भिषण आक्रमण गरे मानवविय संकट उत्पन्न हुन सक्ने अवस्थाले संघर्ष विरामको कुरा उठाउदा उठाउदै सरकारी पक्षले इडलिब प्रान्तमा आक्रमण गरेपछि सर्वसाधरणहरुमा भागाभागको अवस्था उत्पन्न भएको छ ।

खाद्ययन्न,औषधि र दैनिक उपभोग्य वस्तुको अभाव झेल्दै आएका सिरियामा हवाई र स्थल दुबै ठाउँबाट आक्रमण गरेपछि सर्वसाधारण मानिसहरुको अवस्था संकटपुर्ण बनेको छ । इडलिबको सामान्य अवस्था नियन्त्रण बाहिर जान नदिन र बमबारि रोक्न संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जोड दिएका छन् ।

अमेरिकि राष्ट्रपति डोनाल्ट्र ट्रम्पले राष्ट्रपति बसर अल असदको सरकारले आफ्ना सहयोगिहरु सहित जथाभावि आक्रमण नर्गन दिएको चेतवानिको बेवास्था गरेपछि अमेरिकाले कस्तो कदम उठाउने भन्ने बिषयमा आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ । सिरियालि युद्ध चर्किदै गए भयावह परिणाम निम्तिन सक्ने खतरा सुरक्षा विशेषज्ञहरुले औल्याएका छन् ।

इडलिबमा २९ लाख मानिसहरु बसोबास गर्छन् । जसमध्ये १० लाख बालबालिकाहरु रहेका छन् । यसैगरि इडलिबमा ३० हजार भन्दा बढि विद्रोहि लडाकुहरु रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);