अफगानीस्तानमा विद्रोही तालिबानी आक्रमण बढेसगैँ सरकारद्धारा हवाइ कारबाही तिव्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अफगानीस्तानमा विद्रोही तालिबानी आक्रमण बढेसगैँ सरकारद्धारा हवाइ कारबाही तिव्रता

एजेन्सी । अफगानीस्तानमा विद्रोही तालिबानी आक्रमण बढेसगैँ सरकारले पनि हवाइ कारबाही तिव्र पारेको छ । तालिबानी लडाकूले केही दिन यता रणनीतिक रुपमा अफगानिस्तानका केही प्रान्तहरुमा कब्जा गरेपछि सरकारी सेनाले पनि जवाफी कारबाही थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तालिबानीले अफगानीस्तानको ५ बाट प्रान्तीय राजधानिी नियन्त्रण गरेपछि अफगान सरकारले पनि सैन्य बल परिचालन गरि हवाई आक्रमण गरेको हो । अफगानी सरकारको सो आक्रमणमा अमेरिकाले समेत सहयोग गरेको छ । सो आक्रमणले गर्दा लस्कर गाहका क्षेत्रहरुमा बढि क्षति पुगेको छ ।

आक्रमणमा हेलमन्द प्रान्तको एक स्वास्थ्य संस्था, विद्यालयमा क्षति पुगेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । स्रोतका अनुसार क्षति हुने विद्यालयमा सफ्यानो अस्पताल र मुहम्मद अनवर खान हाई स्कुलमा बम बिस्फोट भएको थियो ।

तालिबानी र अफ्गानी सेनाबीच चलिरहेको यस भिडन्तमा परि ५४ तालिबानी लडाकुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आक्रमणमा परि क्षति भएका प्रान्तहरु अहिले पनि तालिबानीहरुको नै कब्जामा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);